
१६ असोज , काठमाडौ । देशका केही भू–भागमा आज पनि धेरै वर्षाको सम्भावना रहेकोले केही नदी तथा खोलामा बाढीको सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । कोसी प्रदेशका अधिकांश नदी तथा खोलामा बाढीको सम्भावना रहेको छ ।
आज कोसी र वाग्मती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको त्यस क्षेत्रमा आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले समेत आग्रह गरेको छ ।