Comments Add Comment

Advertisment

SKIP THIS

चाडपर्वक अवसरमा ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन डिआईजी बोहराको निर्देशन

२२ असोज , काठमाडौ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख डिआईजी भरत बहादुर बोहराले ट्राफिक प्रहरीलाई चाडपर्वको सुरक्षालाई ध्यानमा राख्दै ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

डिआईजी बोहराले उपत्यकाभरका ट्राफिक प्रहरी कर्मचारीहरुलाई अनुशासन, शिष्टाचार र सेवाभावका साथ ट्राफिक व्यवस्थापनमा खटिन आदेश दिएका हुन्। ट्राफिक नियमको पालना र सवारी दुर्घटनाको न्युनिकरणमा भूमिका खेल्न उनले जिम्मेवारीपूर्वक सडकमा खटिन निर्देशन दिए।

आगामी विजया दशमी तथा तिहारलाई मध्यनजर गर्दै सवारी चाप र सम्भावित जोखिमलाई नियन्त्रण गर्न ट्राफिक प्रहरीलाई विशेष तयारीका साथ काम गर्न आग्रह गरे। साथै, उनले सबै ट्राफिक प्रहरीलाई विजया दशमीको शुभकामना समेत व्यक्त गरे ।

यो निर्देशनले उपत्यकामा चाडपर्वका समयमा सवारी व्यवस्थापनलाई सहज बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै