काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यद्वारा मंगलवार जिल्ला प्रहरी परिसर भक्तपुरको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरको भवनका विभिन्न शाखाहरु, हिरासत कक्ष तथा अन्य संरचनाको निरीक्षण पश्चात प्रहरी परिसर भक्तपुर मातहतका वृत्त, प्रभाग तथा बिटका प्रमुखहरु लगायतका प्रहरी कमचारीहरुलाई निर्देशन दिनु हुँदै एआईजी बज्राचार्यले आगामी दिनहरूमा शान्ति सुरक्षा चुनौतीपूर्णरहेको हुँदा यहाँ कार्यरत प्रहरी कर्मचारीहरु थप जिम्मेवार भई उत्कृष्ठ ढंगले कार्यसम्पादन गर्नु पर्ने बताउनु भयो ।
साथै नागरिकहरूलाई नागरिक मैत्री प्रहरी सेवा प्रवाह गर्दै हरेक प्रहरी कर्मचारीहरूले आफ्नो आचरण व्यवहारमा विशेष ध्यान दिदै आम नागरिकसग विनम्रताका साथ प्रस्तुत हुन निर्देशन दिनुभयो ।
त्यसैगरी हरेक समस्याको समाधान सामूहिक कार्यबाट हुने हुनाले सामुहिक कार्यमा जोड दिंदै परिणाममुखी तथा प्रविधि मैत्री अनुसन्धानमा तल्लिन हुन निर्देशन दिदै चाड पर्वको सिजन सुरु भएको र चाडपर्वको बेलामा आपराधिक कृयाकलापहरु घट्न सक्ने हुनाले सुरक्षा योजना अनुरुप काम गर्न समेत निर्देशन दिनुभयो ।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक माधब प्रसाद बुढाथोकीले प्रस्तुतीकरण प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ विनोद घिमिरे, जिल्ला प्रहरी परिसर भक्तपुर मातहतका प्रहरी वृत्त तथा प्रभागका प्रमुखहरू, सिनियर प्रहरी अधिकृतहरू तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।