मंसिर ११, काठमाडौं । वडाध्यक्ष पदमा उपचुनाव हुने काठमाडौं–१६ का टोल र बजारहरूमा दलका नेता कार्यकर्ता देखी स्वतन्त्र उम्मेदवारको बाक्लो आउजाउ छ, भोट माग्दै नेता कार्यकर्ताको टोली देखी स्वतन्त्र उम्मेदवार सम्मको दौडधुपमा छन् ।

उम्मेदवारलाई जिताउन आह्वानसहितको माइकिङ गर्दै गाडीहरू हुँइकिरहेका छन् । तर जनताले भने यसपाली कुनैपनि दललाई नहेरी बालेन जस्तै स्वतन्त्र उम्मेदवार उठेका देबेन्द्रे कुमार श्रेष्ठलाई जिताउनु पर्छ भन्दै गाउ,टोल, समाजमा जनताहरु मसिंर १६ कुरेका छन् ।

 

स्थानिय भन्छन् :- पुराना देखी नया दल सम्म सबै हेरियो ? अब दल होईन स्वतन्त्र उम्मेदवार हाम्रो वडालाई खाचो छ । अब राजनिती होईन वडा बनाउने मानिस चाहिएको छ । जुन व्यक्ति हामीले स्वतन्त्र उम्मेदवार उठेका देबेन्द्रे कुमार श्रेष्ठलाई देखेका छौ यसपाली हाम्रो मत देबेन्द्रलाइ दिन सबै वडा बासीले सोचिसकेको बताउछन् ।

कतिपय घरमा पार्टीका झण्डाहरू टाँगिएका छन्, हातमा राष्ट्रिय र पार्टीका झण्डा तथा पर्चा बोकेका सूमह लिएर वडाध्यक्षका उम्मेदवारहरू घरदैलोमा पुगिरहेका छन् । हात जोड्दै भोट माग्न हिँडेका वडाध्यक्षलाई जिताउन चर्को नारा लाग्दैछ । दलका स्थानीय कार्यकर्तालाई उम्मेदवारको घरदैलोको रुट मिलाउने चटारो छ । तर स्वतन्त्र उम्मेदवारमा यस्तो चटारो छैन किनकी स्वतन्त्र उम्मेदवारले चाहिने बेलामा काम गर्छ जस्तो कि बालेन ? तेसैले अब काठमाडौं–१६ को वडाध्यक्षमा स्वतन्त्र व्यक्ति जनताको काम गर्ने प्रतिनिधि आउन जरुरी छ ।

२०७९ को स्थानीय तह चुनावमा दोस्रोपटक वडाध्यक्षमा निर्वाचित नेपाली कांग्रेसका मुकुन्द रिजालको निधन भएपछि उपचुनाव हुन लागेको हो । यसअघिको चुनावमा रिजाल ४ हजार १८ मत ल्याएर वडाध्यक्षमा विजयी भएका थिए, निकतम् प्रतिद्वन्द्वी नेकपा एमालेका लक्ष्मीरत्न तुलाधर ३ हजार ३१० मत ल्याएर पराजित भएका थिए ।

 

सो चुनावमा नेकपा एकीकृत समाजवादीका लक्ष्मण गमालले १ हजार ५८९ र राप्रपाकी विन्दिका गुरुङले ५५७ र नेमकिपाका राम महर्जनले ३२ मत ल्याएका थिए । साढे ८४ हजार व्यक्ति बासोबास गर्ने यो वडामा ४५ हजार घरधुरी छ । तर २१ हजार मात्रै मतदाता छन् । यसरी औसतमा प्रत्येक २ वटा घरमा एक जना मात्रै मतदाता भएकाले घरदैलो गर्न जाँदा उम्मेदवारलाई भोटर भेट्न मुस्किल छ । त्यसैले उम्मेदवारसहितको घरदैलोसँगै मतदाताको सूची बोकेर समूह–समूहमा दलहरु टोल–टोल पुगिरहेका छन् ।

गत चुनावसम्म काठमाडौं १६ मा परम्परागत शक्ति कांग्रेस र एमाले नै बलियो देखिएका थिए । नयाँ दल भएपनि एमालेबाट विभाजित भएको एकीकृत समाजवादीले पनि सम्माजनक मत पाएको थियो ।

यसपटक काठमाडौं १६ मा चुनावी परिदृश्यहरू केही अलग छन्, काग्रेस र एमाले आफ्नो मत जोगाउने ध्यानमा छन् भने अन्य दल र स्वतन्त्र उम्मेदवारहरूले पूराना शक्तिलाई पाखा लगाउने गरी कम्मर कसेका छन् । त्यसैले पनि जनताले काठमाडौं–१६ मा स्वतन्त्र उम्मेदवार देबेन्द्रेलाई जिताउनु भन्ने नारा नै लाएर हिडेका छन् ।

को हुन् देबेन्द्र ?

श्रेष्ठले लामो समयदेखि निस्वार्थ भाव, शालिन, सरल, मनोभाव बुझ्न सक्ने, क्षमतावान, विकासप्रेमी, जुझारू युवा तथा शाहसिक व्यक्ती, क्षेत्र नं ७ काठमाडौ महानगरपालिका वडा न -१६ का समाजसेवी अभियान्ता देबेन्द्र कुमार श्रेष्ठ पछिल्लो समयमा निकै बिकासका र सहयोग गर्नमा निकै सक्रिय थिए।

हरेक मानिसको दु खमा साथ सहयोग गर्दै अन्यायको विरुद्ध आफ्नो आवाज बुलन्द गर्दै विभिन्न पेसा व्यावसायमा सम्लङ हुदै आएका एक सफल ब्याक्ती हुन देबेन्द्र कुमार श्रेष्ठ,जो अहिले हाल काठमाडौ महानगरपालिका-१६ मा स्थाई रूपमा बस्दै आएका श्रेष्ठ को नामले परिचीत उनि जीवन रक्षा बचत तथा ऋण सहकारीको उपाध्यक्ष भानुटोल सुधार समितिको अध्यक्ष र तार्केश्वार यातायात प्रा लि को सञ्चालक भिमेश्वोर अटो प्रा।लि का प्रोपाईटर समेत रहेका छ्न ।

उनले काठमाडौमा १५ देखी २० जना मानिसलाई रोजगार समेत दिएका छन् । स्वतन्त्र उम्मेदवार देबेन्द्रेले आफलाई जनताले बुझेर जिताउनु भयो भने वडाध्यक्षले पाउने सुबिधा सबै बिकासमा र अझ आफुले व्यवसायिबाट कमाएको १०% समाजमै दिने घोषणा समेत गरेका छन् ।