Comments Add Comment

Advertisment

SKIP THIS

कर्तव्यबाट बिमुख नभई नागरिक मैत्री प्रहरी सेवा प्रदान गर्न डिआईजी कार्कीको निर्देशन

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख डिआईजी दानबहादुर कार्कीले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको स्थलगत निरीक्षण गर्नुभई कार्यरत कर्मचारीहरुलाई प्रहरी सेवा प्रवाहका विषयमा निर्देशन समेत गर्नुभएको छ ।

जिल्लाको वर्तमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती लगायत अपराध नियन्त्रणका लागि प्रहरीले गरेका विभिन्न गतिविधिहरु समेतको निरीक्षण गरि प्रहरी सेवा प्रवाहलाई थप चुष्तदुरुष्त एवं समय सान्दर्भिक बनाउन डिआईजी कार्कीले उक्त निरिक्षण गर्नुभएको हो ।

निरीक्षण पश्चात कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नुहुँदै प्रहरी डिआईजीले जस्तोसुकै विषम परिस्थितिमा पनि कति पनि विचलति नभई समाजमा शान्ति सुरक्षा तथा अमचयनको खातिर अहोरात्र तल्लिन रहनु नै नेपाल प्रहरी संगठनको गौरवमय इतिहास रहेकाले कुनैपनी प्रहरी कर्मचारी आफ्नो कर्तव्यबाट बिमुख नभई नागरिक मैत्री प्रहरी सेवा प्रवाह गर्न कटिवद्ध हुनुपर्नेमा जोड दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै