Comments Add Comment

Advertisment

SKIP THIS

डिएसपी दिनेश घिमिरेको एक सय ७५औं कविता : एक्लै भएझैं लाग्छ

भिडभित्र आखाँले मलाई खोजे जस्तै लाग्छ

किनकिन भिडमा मलाई कसैले खोजेझैँ लाग्छ।

हावासगै बगिदिन्छन अनुभूतिका बिम्बहरू
किनकिन बेगहरूले मलाई खोजेझैँ लाग्छ।

बिहानीको सुस्केराले ब्युँझिए जस्तै लाग्छ
किनकिन बिहानीले मलाई खोजेझैँ लाग्छ।

साँझको गोधुलीले बोलाए जस्तै लाग्छ
किनकिन साँझहरूले मलाई खोजेझैँ लाग्छ।

पखेराको सुस्केराले जिस्काए जस्तै लाग्छ
किनकिन आवाजले मलाई खोजेझैँ लाग्छ।

कोही छन कि खोजिदिने हराएँकीझैं लाग्छ
किनकिन मलाई आज एक्लै भएझैं लाग्छ।

कोही छन कि पढिदिने अधुरो भएझैँ लाग्छ
किनकिन मलाई फेरि एक्लै भएझैं लाग्छ।

-दिनेश घिमिरे
विरूवा, भक्तपुर।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै