Comments Add Comment

Advertisment

SKIP THIS

तारकेश्वरमा नेपाली काँग्रेसका नेताद्धारा कब्जा गरिएको मजागाः फिर्ता

तारकेश्वर नगरपालिकाले आज वडा नं. ९ को सार्वजनिक जग्गा (मचागाः) को संरक्षण गरेको छ । आज नगर प्रहरि सहित वडाका जनप्रतिनिधिहरुले कि.नं. ६३ र कि.नं. ६२ को सार्वजनिक जग्गा संरक्षण गरेको छ । कि.नं. ६३ को २६३.६१ क्षेत्रफल र कि.नं. ६२ तर्फ २१.६३ क्षेत्रफल रहेको जग्गा संरक्षण गरेको छ ।

नगर प्रमुख कृष्णहरि महर्जनको निर्देशनपछि वडाअध्यक्ष श्यामकृष्ण महर्जनसहित वडासदस्य श्यामकृष्ण महर्जन र नगर प्रहरिले सार्वजनिक जग्गा संरक्षणका लागि अस्थायी तारबार गरी सार्वजनिक जग्गा संरक्षण गरेको छ । नगरपालिकाको यस कार्यबाट तारकेश्वर–९ का जनता खुशी भएका छन् । नगर प्रमुख कृष्णहरि महर्जन, वडाअध्यक्ष श्यामाकृष्ण महर्जन र सांसद्हरुलाई धन्यवाद प्रकट गरेका छन् ।

सो जग्गामा नगरपालिकाले पार्क तथा खुल्ला व्यायमशाला निर्माण गरिने जानकारी दिएको छ । आज नगर स्तरीय बजेटबाट अस्थायी तारबार गरिएको नगरपालिकाले जनाएको छ ।

कि.नं. ६२ को जग्गा भने २०७६ साल साउन १६ गते मालपोत कार्यालयमा तत्कालिन मालपोत प्रमुख प्रविणमान प्रधानको अध्यक्षतामा नापी प्रमुख युवराज आचार्य र मालपोत कार्यालयका कर्मचारी विजय प्रकाश गिरीले सट्टापट्टा समिति बनाई नेपाल सरकारबाट जग्गाधनी केदार नरसिंह केसी कायम गरिएको छ । जसमा केदार नरसिंह केसीको कि.नं. ९३ को बाटोमा केही जग्गा गएका कारण ६२ नम्बरको कित्ता केदार नरसिंह केसीको नाममा दिइएको २०७६ जेठ २६ गते सिट नं. १०२–०९४४–२३ को नक्सामा टिप्पणीसहितको हस्ताक्षरमा उल्लेख गरिएको छ ।

यस विषयमा प्रतिनिधिसभा बैठकमा शुन्य समयमा बोल्दै फागुन २८ गते तारकेश्वर ६ का संघीय सांसद शिशिर खनाल र सुमना श्रेष्ठले तारकेश्वर–९ को लोकतान्त्रिक चोक नजिकै रहेको नेपाल सरकारको नाममा रहेको जग्गा संरक्षण गर्नुपर्ने बताएका थिए ।

संसद्मा प्रश्न उठेपछि डा. केदार नरसिंह केसीले चैत २ गते आफ्नै निवासमा पत्रकार सम्मेलन गरी कि.नं. ६३ को जग्गा सरकारकै नाममा भएकाले आफुले छाडेको बताएका छन् ।

केसीले आफ्नो ६१ नं. को जग्गा बाटोमा केही भाग गएका कारण ६२ नं. सरकारी जग्गा सट्टापट्टा गरि लिएको बताएका थिए । केसीले भनेजस्तो ६१ नम्बरको जग्गा बाटोतिर देखिएन । बरु ९३ नंं. को कित्ता बाटोमा जोडिएको तत्कालिन अवस्थाको पुरानो नक्सामा देखिन्छ ।

यस सार्वजनिक जग्गाबारे खोजमुलक पत्रकारिता गर्ने सुशान्त न्यौपानेले २०७८ सालदेखि यस जग्गा संरक्षणबारे बोल्दै। लेख्दै आउनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै