Comments Add Comment

Advertisment

SKIP THIS

चितवनको भरतपुरमा बोरामा भेटिएका दुई शवको ४६ दिनपछि खुल्यो पहिचान

चितवन । चितवनको भरतपुरमा गत बुधबार भेटिएको दुई जनाको शवको पहिचान खुलेको छ ।

भरतपुर महानगरपालिका-१२ मिलनचोकमा कल्भर्ट मुनि बोराभित्र बाँधिएको अवस्थामा फेला परेका मृतकको घटनाको ४६ दिन पछि पहिचान खुलेको हो।

 

घर भारत भई भरतपुरमा व्यापार गरी बस्दै आएका उनीहरु नाताले श्रीमान श्रीमती रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

भरतपुर महानगरपालिका १२ स्थित मिलनचोकको कल्भर्ट मुनि बोरा भित्र बाँधिएको अवस्थामा गत मंसिर ६ गते एक पुरुष र महिलाको शव फेला परेको थियो।

घटना पछि सिआइबी, प्रदेश प्रहरी र चितवन प्रहरीको संयुक्त प्रयासमा अनुसन्धान भएको थियो। २ पटकसम्म मृतकको शव स्केच सार्वजनिक गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै