Comments Add Comment

Advertisment

SKIP THIS

हिउँ चितुवाको छालासहित ३ जना सीआईबीको फन्दामा

४ असार , काठमाडौं । टोखा नगरपालिका-१० गोंगबुबाट संरक्षित वन्यजन्तु हिउँ चितुवाको छालासहित ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धादिङ खानियाबास गाउँपालिका-२ झार्लुङ ठेगाना भएका ४८ वर्षीय खार्पा तामाङ, धादिङ गंगाजमुना गाउँपालिका-६ आरुबोटे ठेगाना भएका ३९ वर्षीय सुक बहादुर घले र सोही गाउँपालिका-६ बस्ने ४१ वर्षीय सूर्य बहादुर घले रहेका छन् ।

गोंगबु एरियामा अवैध रुपमा संरक्षित वन्यजन्तुको आखेटोपहार ओसारपसार गरी खरिद बिक्री गर्न ल्याएको भन्ने सूचनाको आधारमा नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) महाराजगञ्जबाट खटिएको प्रहरीले जाँच तथा खानतलासी गर्दा खार्पाले बोकेको झोलाभित्र लुकाई छिपाई बेरेर राखेको अवस्थामा उक्त छाला फेला पारी पक्राउ गरेको हो ।

उनीहरूलाई बरामद छाला सहित आवश्यक करवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको सीआईबीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै