Comments Add Comment

Advertisment

SKIP THIS

तार्केश्वर नगरपालिका-३ मा माटोको ढिस्कोले पुरिएर एकजनाको मृत्यु

बैशाख २१, काठमाडौ । तार्केश्वर नगरपालिका वडा नं. ३ मा माटोको ढिस्कोले पुरिएर ४२ वर्षीय हिरालाल श्रेष्ठको मृत्यु भएको छ । मृतक सर्लाहीको बासिन्दा हुन् तर हाल तार्केश्वर-३ मा बसोबास गर्दै आएका थिए ।

हिरालाल तिनपिप्लेबाट जितपुरफेदी जाने सडक खण्डमा काम गर्दै गर्दा घटना घटेको हो । उनी सडक छेउमा बनाईको वालमा फर्मा झिक्न गएका बेला माथिबाट माटोको ढिस्को खसेर करिब ८ फिट गहिराईमा पुरिएका थिए ।

घटनाको भए लगत्तै स्थानीय बासिन्दाहरु, नेपाल प्रहरी, नगर प्रहरी र सशस्त्र प्रहरीको टोलीले माटो खन्ने कार्य गरे तापनि ३७ मिनेटपछि मात्र उनलाई निकाल्न सफल भएको थियो । उनी घटनास्थलमै नै मृत अवस्थामा फेला परे।

प्रहरीले मृतकलाई त्रि.वि. शिक्षण अस्पताल लगेका छन् । मृतकको बहिनीसँग सम्पर्क भइसकेको छ भनी बालाजु वृत्तका नेपाल प्रहरी प्रमुखले जानकारी दिएका छन्।

यसरी अचानक आएको दुर्घटनाले मृतकका परिवारजनमा गहिरो शोक छाएको छ । स्थानीय प्रशासनले घटनाको छानबिन गरी आवश्यक कारबाही गर्ने बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै