Comments Add Comment

Advertisment

SKIP THIS

तारकेश्वर कृषि पर्यटन व्यापार संस्कृत महोत्सव २०८२: नेपालका चर्चित कलाकारहरूको उपस्थितिमा हुने

तारकेश्वर नगरपालिका वडा नं. ६ स्थित जरुङको चोकबाट ६०० मिटर अगाडि र नथ भ्याली स्कुलको पछाडि आगामी जेठ २१ गतेदेखि असार ७ गतेसम्म “तारकेश्वर कृषि, पर्यटन, व्यापार र संस्कृत महोत्सव २०८२” को भव्य आयोजना हुनेछ।

यस कार्यक्रममा नेपालका चर्चित गायक, गायिका र कलाकारहरूले आ-आफ्नो मनमोहक प्रस्तुति दिनेछन्।

कार्यक्रमको मुख्य विशेषताहरू:-
– स्थान: जरङ्खु बाट ६०० मि.अगाडि ,नथ भ्याली स्कुलको पछाडि (तारकेश्वर नगरपालिका वडा नं. ६)।
– मिति जेठ २१ देखि असार ७ सम्म (१५ दिने लामो आयोजना)।
– आकर्षण:कृषि, पर्यटन, व्यापार प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, लोकनृत्य, आधुनिक संगीत तथा मनोरञ्जनात्मक गतिविधिहरू।
– मेहमान कलाकार:नेपाली गायन जगतका प्रख्यात कलाकारहरूको सहभागिता।

यो महोत्सवले स्थानीय कृषि उत्पादन, पर्यटन र व्यापारलाई बढावा दिनेछ भने नेपाली संस्कृति र सभ्यताको अनुपम प्रदर्शनी पनि हुनेछ। साथै, यसले सामुदायिक एकतालाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ।

आम नेपाली जनतालाई निमन्त्रणा:-
स्थानीय तथा बाहिरबाट आउने सबै दर्शकहरूलाई यो रंगीन आयोजनामा सहभागी हुन आग्रह गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै