Comments Add Comment

Advertisment

SKIP THIS

तार्केश्वर नगरपालिकामा मलको हाहाकार , प्रदेशका कृषी मन्त्री सम्पर्क बिहिन

खेतीपातीको मुख्य सिजन सुरु भइसकेको बेला काठमाडौ तार्केश्वरका किसानहरू रासायनिक मलको अभावले मारमा परेका छन्। विशेष गरी मकै, धान र तरकारी बालीमा अत्यावश्यक युरिया मल नपाउँदा किसानहरू चिन्तित छन्।

जिल्लाका १२ वटै स्थानीय तहका किसानहरूले खेतबारीमा मल हाल्ने उपयुक्त समय बित्न लाग्दा पनि आवश्यक मात्रामा मल नपाएको गुनासो गरेका छन्।

तार्केश्वर -३ का किसानले १ बोरा मल खोज्न धेरै ठाउँ पुगे पनि रित्तो हात फर्कनुपरेको बताउँछन्। ‘अहिले मकै बालीमा मल हाल्ने समय सकिन लागिसक्यो, उत्पादनमै असर पर्ने डर छ,’ स्थानीय भने।

तिनपिप्ले र काभ्रेस्थलीका किसानहरूको पनि उस्तै समस्या छ। किसान सरिता घिमिरेले ढिला गरी मल हालेमा बालीमा प्रत्यक्ष असर पर्ने भन्दै चिन्ता व्यक्त गरे। अर्का किसान कृष्णप्रसाद पौडेलले खेतीपातीको याममा मल नपाउँदा वर्षैभरि समस्या हुने बताए।

सरकारले सहकारीमार्फत ‘एकद्वार प्रणाली’ लागू गरे पनि किसानले अनुदानको मल सहकारीमा नपाएर दोब्बर मूल्यमा बजारबाट खरिद गर्न बाध्य छन्। सहकारीमा उपलब्ध हुनुपर्ने मल बजारमा १,५०० देखि २,००० रुपैयाँसम्ममा बिक्री हुँदै आएको किसानहरूको भनाइ छ। यस्तै विक्रेताले अनुदानको मल ब्ल्याकमा बेचेको आशंका किसानहरूले व्यक्त गरेका छन्।

बाग्मती प्रदेश कृषि मन्त्रीले जिल्लामा मलको माग उच्च भए पनि आपूर्ति पर्याप्त हुन नसकेको स्वीकार गरे। जिल्लामा धान खेती १२ हजार हेक्टर र मकै खेती १५ हजार हेक्टर क्षेत्रफलमा हुँदै आएको छ। यस्ता बालीमा मल अभाव हुँदा किसानहरू प्रत्यक्ष मारमा परेका छन्।

`देशभरै माग उच्च र कोटा थोरै भएकाले समस्या समाधान गर्न सकिएको छैन,” प्रबन्धक कुमारले भने, “कोटा बढाएर मात्र समस्या समाधान सम्भव छ, यसका लागि सम्बन्धित सरोकारवालाहरूको तत्काल ध्यान जानु आवश्यक छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै