भारत :- विमान दुर्घटनाको भयावह घटनाबाट चमत्कारिक रूपमा बच्न सफल यात्री रमेश विश्वास कुमारले आफ्नो अनुभव साझा गरेका छन्।
उनले बताएका छन् कि उनी विमानबाट हाम फालेर होइन, तर सिट सहित नै विमानबाट बाहिर निस्किएका थिए। उडान सुरु भएको मात्र ३० सेकेन्डपछि ठूलो विस्फोट भएर विमान दुर्घटनाग्रस्त भएको थियो।
“यो सबै धेरै छिटो भयो,” उनले भने, “दुर्घटना पछि होश आएपछि मैले वरिपरि मृत शरीरहरू देखें। म डराएर उठेर दौडें। विमानका टुक्राहरू सबैतिर छरिएका थिए।” उनलाई रेस्क्यु टोलीले निकालेर एम्बुलेन्समा राखे र अस्पताल लगेको बताए।
यस घटनाले सामाजिक संजालमा खलबली मच्चाएको छ, जहाँ उनको अनुभवले चासो जगाएको छ। विमान दुर्घटनाबाट बच्ने उनको किसिमले विशेषज्ञहरूको ध्यान पनि तानेको छ।
यात्री कुमारको स्वास्थ्य अहिले स्थिर अवस्थामा छ, तर घटनाले उनलाई मानसिक रूपमा प्रभावित गरेको छ। अधिकारीहरूले दुर्घटनाको कारण तथा यस प्रकारका दुर्घटनाहरूबाट जोगिने उपायहरूको छानबिन गरिरहेका छन्।