काठमाडौं । यूएईमा रहेको इन्डेक्स एक्सचेन्जले आफ्ना नेपाली ग्राहकको भाग्य बदल्ने योजनासहित दशै र तिहारको अवसर पारेर ‘विन अ मिलियन’ चौथो संस्करण ल्याएको छ ।
यसपालीको दशैँ तिहारलाई अझै विशेष बनाउने उदेश्यसहित कम्पनीले यो अभियान आगामी अक्टोबर ३० तारिख २०२५ सम्म मान्य रहने गरि थालेको हो।
‘विन अ मिलियन’ सिजन ४ मा इन्डेक्स एक्सचेन्जका यूएई भरका आफ्ना जुनसुकै शाखाबाट नेपाल पैसा पठाउँदा १० लाख नेपाली रुपैयाँ, नयाँ SUV कार र नेपाल जाने एयर टिकट जित्ने अवसर मिल्ने बताइएको छ ।
मध्यपुर्वको प्रमुख शहर यूएईमा रहेका हजारौं नेपाली कामदारहरूले दशैँ र तिहार प्रायः घरदेखि टाढै मनाउनुपर्ने बाध्यता, पर्वहरूमा परिवारजनहरुसँग खुसी, भेटघाट र सपनाहरू पूरा गर्ने क्षणमा आफ्ना ग्राहकहरूलाई घरको माया दिलाउने उद्देश्यका साथ कम्पनीले यस कार्यक्रम ‘विन अ मिलियन’ ल्याएको हो ।
कम्पनीले विभिन्न उपहार योजनासहित यस्ता कार्यक्रमहरु हरेक वर्ष ल्याउने गरेको छ ।
यो पटक कम्पनीले यूएईमा रहेका श्रमिकहरुको प्रतिभालाई प्रोत्साहन गर्ने उदेशयले भाग्यशाली विजेतालाई “Jalwa Fashion Ramp” मा Wild Card Entry प्राप्त गर्ने अवसर पनि प्रदान गरेको थियो । जस अन्तर्गत गत ३१ अगस्ट २०२५ मा एक्सचेन्जले दुबईको सोनापुरस्थित श्रमिक आवास क्षेत्रमा “जलवा फेसन” प्रतियोगितासहित उद्घाटन कार्यक्रम आयोजना गरेको थियो ।
जहाँ नेपाली सँगसँगै भारतीय समुदायलाई पनि समावेश गरिएको यो पहिलो हो । प्रतियोगितामा नेपालका एम.डी.बोहरा विजेता बनेका थिए भने भारतकी लिली फष्ट रनर-अप घोषित भएकी थिईन् । कार्यक्रममा यूएईमा कार्यरत हजारौं श्रमिकहरूले सहभागिता जनाएका थिए ।
प्रतियोगितामा विजेता नेपालका एम.डी.बोहराका साथमा फष्ट रनरअप भारतकी लिली इन्डेक्स एक्सचेन्जले हरेक वर्ष विभिन्न कार्यक्रम मार्फत नयाँनयाँ योजनाहरू ल्याउने गरेको छ ।
उक्त योजनाबाट धेरै नेपाली श्रमिकहरूले लाभ उठाएका छन् । ‘विन अ मिलियन’ अभियानमार्फत सयौं नेपाली कामदारहरूले लाखौं रुपैयाँ नगद र मूल्यवान पुरस्कार जितेका उदारहणहरु प्रसस्तै छन्।
एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत सैयद अब्दुल सलाम भन्छन्, “हाम्रा नेपाली ग्राहकहरू हाम्रा लागि सधैं प्राथमिकतामा रहन्छन्। ‘विन अ मिलियन’ मार्फत हामी उनीहरूको दशैँ तिहारलाई विशेष बनाउन चाहन्छौं । नगद पुरस्कार मात्र होइन, उनीहरूको सपना पुरा गर्ने अवसर समेत दिन चाहन्छौं।”
एक्सचेन्जले वर्षभर विभिन्न प्रवर्द्धनात्मक कार्यक्रम मात्रै होइन, यूएईमा वित्तीय साक्षरता कार्यक्रम पनि चलाउँदै आएको छ। जसले श्रमिकहरूको जीवनमा थप खुसी र आशा भर्ने काम गरेको छ। एक्सचेन्जले केही महिनाअघि ‘अब कि बार, हुण्डी पे वार’ नारासहित यूएईको सबै इमिरेट्समा कम्पनीले गैरकानुनी विप्रेषणविरुद्ध घरदैलो कार्यक्रम चलाएको थियो ।
रमदानको अवसर पारेर शान ए रमदानको चौथो संस्करणमार्फत गत वर्ष ‘यस बार, बुल्डोजरको वार’ नारासहित कम्पनीले आफ्ना ग्राहकलाई भाग्य बदल्ने योजना ल्याएको थियो ।
कम्पनीले नेपालीलाई लक्षित गरी ‘विन अ मिलियन’को तेस्रो संस्करण ल्याइएको थियो । जसमा दश लाख नगदसहित केहि नेपालीले घर जाने हवाइ टिकट जितेका इन्डेक्स एक्सचेन्जका नेपाल प्रतिनिधि नवीन पौडेलले बताए ।
एक्सचेन्जले यस दशैँ र तिहारमा यूएईमा रहेका सबै नेपाली कामदारलाई इन्डेक्स एक्सचेन्ज मार्फत नेपाल पैसा पठाउन आग्रह गरेको छ । नेपाल पैसा मात्र पठाउने होइन, खुसी, सपना र आशा पनि पठाउनुहोस्। किनभने इन्डेक्स एक्सचेन्जसँग, रेमिट्यान्स मात्र होइन पर्वहरूलाई साँच्चिकै यादगार बनाउने जिम्मेवारी पनि छ ।
देश छाडेर प्रदेशमा संघर्ष गर्दा श्रमिकले कमाएको धन सुरक्षित रुपमा पठाउने काममा साथ दिन यो अभियान ल्याएको कम्पनीको दाबी छ ।



