Comments Add Comment

Advertisment

SKIP THIS

तारकेश्वर नगरपालिकाबाट हिउँदे तरकारीको बिउ निशुल्क वितरण हुने

तारकेश्वर नगरपालिका, काठमाडौं । तारकेश्वर नगरपालिकाको कृषि विकास शाखाले आ.व. २०८२/०८३ का लागि स्वीकृत वार्षिक कार्यक्रम अनुसार निशुल्क हिउँदे तरकारीका बिउ वितरण कार्यक्रम सञ्चालन गर्ने भएको छ।

नगरपालिकाले जारी गरेको सूचना अनुसार नगरभित्रका सबै इच्छुक कृषकहरू, कृषि फर्महरू, कृषक समूह–समितिहरू तथा कृषि सहकारी संस्थाहरूले मिति २०८२ असोज ३१ गतेभित्र कार्यालय समयभित्र कृषि विकास शाखामा निवेदन दर्ता गर्नुपर्ने बताइएको छ।

कृषि विकास शाखाका अनुसार तोकिएको म्याद नाघी आएका वा आवश्यक कागजात अपूर्ण रहेका निवेदनमाथि कुनै पनि कारबाही हुने छैन। प्राप्त निवेदनहरूको आधारमा मात्र बिउ वितरण कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।

आवश्यक कागजातहरूः

१. कार्यक्रममा सहभागी हुनका लागि निवेदन पत्र।

२. नागरिकता प्रमाणपत्र वा जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि।

३. कृषि फर्म/व्यवसायका लागि फर्म दर्ता, नविकरण, करचुक्ता र प्यान दर्ता प्रमाणपत्रहरूको प्रतिलिपि।

४. कृषक समूह/समिति वा सहकारी संस्थाहरूका लागि दर्ता, नविकरण, करचुक्ता, प्यान दर्ता प्रमाणपत्र र कार्य समितिको निर्णय प्रतिलिपि।

यस कार्यक्रममार्फत नगरभित्रका कृषकहरूले हिउँदे मौसमी तरकारी उत्पादनमा प्रोत्साहन पाउने अपेक्षा गरिएको छ।

स्थानीयको गुनासो:- तारकेश्वर नगरपालिकाले वर्षेनी हिउँदे बिउ भिजन बाँडिरहँदा कृषकले नै नपाएको गुनासो गरेका छन्। नगरपालिकाले कृषकलाई दिने भनेर वर्षैनी विज्ञप्ति निकालेपनि पाउनपर्ने कृषकले बिउभिजन नपाउँदा कृषकहरूले अहिले प्रश्न नगरपालिकालाई उठाएका छन्।

तारकेश्वर नगरपालिकामा कृषकले यसपालि पनि हिउँदे बिउबिजन पाएनन् भने कृषकहरु तारकेश्वर नगरपालिकामा आएर धर्ना बस्ने समेत चेतावनी दिएका छन्।

धर्मराजा लम्साल

प्रमुख प्रशासकीय अधिकृत

तारकेश्वर नगरपालिका, कृषि विकास शाखा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै