Comments Add Comment

Advertisment

SKIP THIS

बाँके जमुनाह प्रहरीले ८५ तोला चाँदी कपडा सहित १ जना पक्राउ

.(सागर थापा)

२८ साउन ,काठमाडौ । बाँके। ईलाका प्रहरी कार्यालय जमुनाह प्रहरीले ठूलो मात्रमा चाँदीसहित एकजना पक्राउ परेका छन् ।

मुगुका मुगुम कार्मारोङ गाउँपालिका ६ का कर्माथिले तामाङलाई १५ थान ८५ तोला चाँदीका कन्दनसहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख पूर्ण खत्रीले जाकनारी दिए ।

रुपैडिहाबाट कपडाको बोरामा चाँदी लुकाएर नेपाल ल्याउँदै गर्दा जमुनाहबाट तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपाने बताए ।

बरामद गरिएको चाँदी र तामाङलाई कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा पठाएको डिएसपी न्यौपानेले बताए । ‘नाकामा शंकास्पद भएपछि चेकजाँच गरेका थियौं,’ ईलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख सइ खत्रीका अनुसार कपडाभित्र लुकाइछिपाइ राखेको अवस्थामा चाँदी भेटियो ।’

भन्सार छली गरेर ल्याएको करिब एक लाख ६ हजार बराबरको कपडासमेत प्रहरीले जमुनाहबाट बरामद गरेको बाँके प्रहरी प्रबक्ता डिएसपी न्यौपानेले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै

हत्या गरेको अभियोगमा पक्राउ

७ वर्षदेखि फरार अभियुक्त पक्राउ