Comments Add Comment

Advertisment

SKIP THIS

तारकेश्वरमा नेपाल प्रहरीको प्रभावकारी कारबाही : प्रतिबन्धित लागूऔषधि बिक्री गर्ने फार्मेसी सिल

काठमाडौं । नेपाल प्रहरीले राजधानीकै तारकेश्वर नगरपालिका–१० घले पुल नजिक रहेको मार्गदर्शन फार्मेसीमा छापा मार्दै प्रतिबन्धित लागूऔषधि बिक्रीमा संलग्न रहेको आरोपमा सिल गरेको छ।

बालाजु गुम्बा प्रहरी नायव निरीक्षक रमेश तिमल्सिनाको नेतृत्वमा रहेको संयुक्त टोलीले शुक्रबार दिउँसो गरेको अनुगमनका क्रममा फार्मेसीमा कानूनविपरीत औषधि बिक्री वितरण भइरहेको प्रमाण फेला परेको थियो।

अनुगमन टोलीमा स्थानीय जनप्रतिनिधि वडा सदस्य बिक्रम महर्जन, समाजसेवी रिता राई, र स्वास्थ्यसम्बन्धी निकायका प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो।

वडा सदस्य बिक्रम महर्जनले जानकारी दिँदै भने, “स्थानीय नागरिकबाट प्राप्त सूचनाका आधारमा गरिएको प्रहरी अनुगमनले सत्यता पुष्टि गरेको छ। फार्मेसीभित्र अवैध औषधि भेटिएपछि तत्कालै सिल गरिएको हो।”

प्रहरीका अनुसार, फेला परेका प्रतिबन्धित औषधिहरू प्रमाणका रूपमा संकलन गरी थप अनुसन्धान सुरु गरिएको छ। प्रारम्भिक विवरण अनुसार, ती औषधिहरू लागूऔषधि ऐनअन्तर्गत निषेधित वर्गमा पर्ने रहेका छन्।

नेपाल प्रहरीले यस घटनालाई लागूऔषधि नियन्त्रण अभियानअन्तर्गतको महत्वपूर्ण सफलताका रूपमा लिएको छ। प्रहरीको भनाइ अनुसार, राजधानीमा यस्ता गैरकानूनी गतिविधि नियन्त्रण गर्न आगामी दिनमा पनि अनुगमन र छापामार अभियानलाई अझ कडाइ गर्ने तयारी भइरहेको छ।

नेपाल प्रहरीले सर्वसाधारण नागरिकलाई पनि यस्ता अवैध औषधि कारोबारबारे सचेत रहन र सूचना उपलब्ध गराउन अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै