Comments Add Comment

Advertisment

SKIP THIS

मलाई नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ : नेता रावल

३ पुष, काठमाडौ । नेकपा एमालेका नेता भीम रावलले आफूसँग छलफल नै नगरी केन्द्रीय सल्लाहकार परिषद् सदस्य बनाइएको समाचारबाट थाहा पाएको भन्दै आपत्ति जनाउनुभएको छ ।

शनिवार सामाजिक सञ्जालमार्फत नेता रावलले यदि सो कुरा सत्य हो भने आफूलाई सोध्दै नसोधी कुनै पदको टिका लगाइदिनु आपत्तिजनक रहेको बताउनुभयो । उहाँले टिके प्रणाली बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुने बताउनुभयो । शुक्रबार काठमाडौँमा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकको निर्णय सुनाउने क्रममा पार्टीका महासचिव शंकर पोखरेलले नीतिगत रूपमा नेता रावल पार्टीको सल्लाहकार रहने बताउनुभएको थियो ।

रावलले भन्नुभएको छ, ‘मलाई नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषद्को सदस्य बनाइएको समाचार सुनियो । यो सत्य हो भने, मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ । यस्तो टीके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै