Comments Add Comment

Advertisment

SKIP THIS

अन्तरजातीय विवाह गरेका हुम्लाका युवक ६ दिनदेखि बेपत्ता

५ पुष काठमाडौ । अन्तरजातीय विवाह गरेका हुम्लाका एक युवक ६ दिनदेखि बेपत्ता छन् । सर्केगाड गाउँपालिका–१, जैरका १८ वर्षीय चन्द्र लुवार बेपत्ता भएको भन्दै प्रहरीमा उजुरी परेको कर्णाली प्रदेश प्रहरी प्रमुख गणेशबहादुर ऐरले  बताए ।

उनका अनुसार २९ मंसिरबाट लुवार बेपत्ता भएको भन्दै प्रहरी कहाँ खबर आएको थियो । ‘हामीलाई खबर आएपछि सुरुमा प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटिएको थियो, तर नभेटिएपछि जिल्लाका डीएसपी हेरम्भ शर्मा आफैं खोजीमा गएका छन्’ ऐरले भने, ‘अहिलेसम्म उनको अत्तोपत्तो लागेको छैन ।’

उनका अनुसार चन्द्र हराएको भनिएको स्थान पुग्न सदरमुकामबाट दुई दिन पैदल यात्रा गर्नुपर्छ । सुर्केगाडका उपमेयर जोशी धामीका अनुसार मुगुको सोरु गाउँपालिका–४, लिब्रुकी एक जना १७ वर्षीय मल्ल थरकी युवतीसँग उनले एक-दुई महिनाअघि भागी विवाह गरेका थिए ।

‘उनी विहे गरेर जैरमा आएको थाहा पाएपछि केटी पक्षका व्यक्तिहरु २९ मंसिरमा घरमा आएका रहेछन्’ जोशीले  भने, ‘घरमा आएर कुटपिट गर्दै लगेको केटा पक्षको आरोप छ ।’

तर केटी पक्षले चाहिँ छोरीलाई मात्र लिएर गएको दाबी गरिरहेको छ । स्थानीय राजनीतिकर्मी कृष्ण बलमे जिल्ला फरकफरक भए पनि दुवैको घर वारिपारि पर्ने बताए । ‘केटी मल्ल, केटार लुहार भएपछि कुरा नमिलेर झगडा भएको भन्ने छ’ उनले भने, ‘विस्तृतमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।’

स्रोतका अनुसार अहिले प्रहरीले युवती र उनका बुबालाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment