Comments Add Comment

Advertisment

SKIP THIS

अमेरिकामा ओमिक्रोनबाट पहिलो मृत्युु

६ पुष काठमाडौ । अमेरिकामा ओमिक्रोनबाट पहिलो मृत्युु भएको छ । अमेरिकाको टेक्सासमा ओमिक्रोन संक्रमितको मृत्युको रिपोर्ट सार्वाजनिक भएको हो । स्वास्थ्य विभागका अनुसार यी व्यक्तिले भ्याक्सिनको एउटा पनि डोज लगाएका थिएनन् ।

कोरोनाको नयाँ भेरियन्ट विश्वभरीमा तीव्र रुपमा फैलिरहेको छ । अमेरिकामा यसले अराजकता मच्चाउन थालेको छ । सोमबार यो नयाँ भेरियन्टबाट पहिलो मृत्युको पुष्टि भइसकेको छ ।

७३ प्रतिशत कोरोनाको बिरामीमा ओमिक्रोनको संक्रमण भएको पाइएको छ । यो आंकडा केबल एक साताको अवधिमा तीव्र दरमा फैलिएकाले खतरा मानिएको छ । गत सातामा ३ प्रतिशत कोरोनाको बिरामीमा मात्रै ओमिक्रोनको संक्रमण देखिएको थियो ।

सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार अमेरिकामा एक साताको अवधिमा ओमिक्रोनको मामिलामा ६ गुणाले वृद्धि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment