दिउँसो १ बजे बस्ने बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले दुई वटा अध्यादेश पेस गर्ने कार्यसूची रहेको छ । यौनहिंसाविरुद्धका केहि ऐन संशोधन गर्ने अध्यादेश र फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेशलाई स्वीकृतिको लागि पेस गर्न लागिएको हो । त्यस्तै नेमकिपाका सांसद प्रेम सुवालले अध्यादेश अस्वीकार गर्नको लागि सूचना पेस गर्ने संसद् सचिवालयले जनाएको छ । संसद् सचिवालयले बैठकको सम्भावित कार्यसूची सोमबार नै सार्वजनिक गरिसकेको छ । सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लामो समयदेखि संसद् अवरोध जारी राखेको छ । संसद् सञ्चालनकाबारेमा तयारी गर्न प्रतिनिधिसभाको बैठकअघि कार्य व्यवस्था परामर्श समितिको बैठक बस्दैछ । सभामुख अग्निप्रसाद सापकोटाले कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् । बैठक बिहान साढे ११ बजे संसद् भवन नयाँ बानेश्वरस्थित शङ्कर हलमा सुरु हुनेछ ।
६ पुष काठमाडौ । प्रतिनिधिसभाको बैठक आज (मंगलबार) बस्दैछ ।
छुटाउनुभयो कि? सबै
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८१ श्रावण १४ गते , सोमबार
प्रतिनिधिसभा बैठक राप्रपाले अवरोध गर्ने
२०८० फागुण १८ गते , शुक्रबार
स्थगित भएको प्रतिनिधिसभाको बैठक राति ८ बजे बस्ने
२०८० बैसाख १५ गते , शुक्रबार
काठमाडौँमा दिउँसोको समयमा चोरी गर्दै हिँड्ने दुईजना पक्राउ
२०७९ चैत्र ११ गते , शनिबार


