Comments Add Comment

Advertisment

SKIP THIS

उखु किसान र उद्योगीबीच कुरा नमिल्दा भएन मूल्य निर्धारण

६ पुष काठमाडौ । उखुको मूल्य निर्धारणका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सोमबार भएको छलफलमा सहमति हुन सकेन ।

कृषि मन्त्री महिन्द्रराय यादवको उपस्थितिमा उखु किसान र चिनी उद्योगीहरूको बीचमा आज छलफल भयो तर सहमति नभएपछि बुधवार पुनः बस्ने गरी बैठक स्थगित भएको हो । उद्योगीहरूले सरकारी अनुदानसहित प्रति क्विन्टल ५८५ रुपियाँ प्रस्ताव गर्दा उखु किसानहरूले त्यसमा असहमति जनाएका छन् ।

उखु किसानहरूले उखुको मूल्य प्रति क्विन्टल ६८५ रुपियाँ हुनुपर्ने माग गरेका छन् तर चिनी उद्योगीहरूले त्यसलाई स्वीकार गर्ने पक्षमा छैनन् । ‘उखु यति महँगोमा खरिद गरेपछि चिनी कति रुपैयाँले बेच्ने रु’ भन्दै उद्योगीहरूले बच्ने मूल्य पनि निर्धारण हुनुपर्ने माग राखेका थिए ।

यता उखु किसानहरूले ६२ रुपियाँ केजीमा चिनी बेच्दादेखि नै उखुको प्रति क्विन्टल ५३०\५४० रुपैयाँमा बेच्दै आएको बताएका छन् । ‘अहिले तपाईंहरुले चिनीको मूल्य कहाँ पुर्‍याउनु भयो रु अनि उखुको मूल्य जस्ताको त्यस्तै रहने रु,’ उनीहरूको प्रश्न थियो ।

अहिले चिनीको मूल्य ९० रुपियाँभन्दा माथि पुगिसकेको तर उखुको मूल्य पुरानै रहेको किसानहरूको गुनासो छ । ‘पाँच वर्षदेखि उखुको मूल्य वृद्धि भएको छैन,’ उखु किसान कपिलमुनि मैनाले भने, ‘उद्योगीहरूले चिनीको मूल्य वृद्धि गरिराख्ने तर उखुको मूल्य वृद्धि गर्न नचाहने रु यो हुँदैन, चिनीको मूल्य जसरी वृद्धि भएको छ, त्यही अनुपातमा उखुको पनि मूल्य वृद्धि हुनुपर्छ ।’

दुवै पक्षले आफ्नो अडान नछाडेपछि सहमति हुन सकेन । सरकारले किसान, उद्योगी र आफूले तयार गरेको मूल्य राखेर एउटा मूल्य निर्धारण गर्ने सोच बनाएको कृषि मन्त्रालयका प्रवक्ता डा. प्रकाश सञ्जेलले बताए । सरकारले प्रति क्विन्टल ५६५ रुपियाँ बनाउने भनी हिसाब तयार पारेको छ । बुधवारसम्म उखुको समर्थन मूल्य निर्धारण हुने कृषि मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

तिहारमै बिक्री भएन फूल, किसान निराश

Advertisment

छुटाउनुभयो कि? सबै

तिहारमै बिक्री भएन फूल, किसान निराश