Comments Add Comment

Advertisment

SKIP THIS

सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

६ पुष काठमाडौ । झापाको बिर्तामोडमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिर्तामोड नगरपालिका-१ मा ट्रकको ठक्करबाट शिवसताक्षी-१० का ४० बर्षिय यामनाथ राय मृत्यु भएको हो ।

सोमबार राती ८ बजे बिर्तामोड-१ स्थित पुर्व पश्चिम राजमार्गमा मे.१ ख १९५२ नम्वरको ट्रकले रायलाई ठक्कर दिएर घाईते भएका रायको बिर्तामोड स्थित बि.एण्ड सि. अस्पतालमा उपचारको क्रममा बिहान पौने ४ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीले जानकारी दिएको छ ।

दुर्घटनामा संलग्न ट्रक र चालक ईलाम सन्दकपुर-३ का रोसन लिम्बुलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment