Comments Add Comment

Advertisment

SKIP THIS

कांग्रेस महाधिवेशन : अन्तिम परिणाम आज साँझसम्म आउने

७ पुष काठमाडौ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत २७ मंसिरमा भएको निर्वाचनको अन्तिम परिणाम आज आउने भएको छ ।

केन्द्रीय निर्वाचन समितिका अनुसार खस आर्य, दलित र आदिवासी जनजातिबाहेक सबै क्लस्टरको नतिजा सार्वजनिक भइसकेको छ ।

यो समाचार तयार पार्दासम्म १२६ पदको नतिजा सार्वजनिक भइसकेको छ। अन्य तीन क्लस्टरको अन्तिम नतिजा साँझसम्म सार्वजनिक हुने निर्वाचन समितिले जनाएको छ ।

यो परिणामले देउवा प्यानलबाट दुई तिहाइभन्दा बढी उम्मेदवारहरुको केन्द्रीय समितिमा निर्वाचित भएका छन् । पदाधिकारीमा मिश्रित परिणाम आए पनि केन्द्रीय सदस्यमा देउवा प्यानलको वर्चश्व देखिएको छ ।

कांग्रेसमा १३ पदाधिकारीसहित १३४ पदमा निर्वाचन भएको थियो । महाधिवेशनको उद्घाटन २४ मंसिरमा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment