Comments Add Comment

Advertisment

SKIP THIS

जंगली हात्तीको आतंक

७ पुष काठमाडौ । सिन्धुलीमा जंगली हात्तीको समुहले आतंक मच्चाएका छन् ।

कोशी टप्पु वन्य जन्तु आरक्षणबाट सिन्धुली पसेका हात्तीको बथानले गएराती कमलाखोंच क्षेत्रको दुधौंली नगरपालिका–४ बैराहामा घर भत्काएको हो ।

विगतका वर्षहरुमा पुसको अन्तिमतिर सिन्धुली पस्ने गरेका हात्ती यसवर्ष मंसिरबाटै कमलाखोंचमा प्रवेश गरेर आतंक मच्चाईरहेका छन् । हात्तीको बथानले यस अघि पनि दुधौली नगरपालिका–६ को माथिल्लो पत्रिंगा र कुनी गाउँमो ३० वटा घर भत्काएका छन् भने केराघारी मास्ने र घरमा राखेको धान समेत खाईदिएका थिए ।

दिउँसो चुरे र भावर क्षेत्रमा बस्ने र राती चुरेको जंगलबाट बस्तीमा प्रवेश गर्ने हात्तीको बथानबाट स्थानीय त्रसित बन्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

बाघको आतंकले स्थानीय त्रासमा

Advertisment

छुटाउनुभयो कि? सबै

बाघको आतंकले स्थानीय त्रासमा