Comments Add Comment

Advertisment

SKIP THIS

रक्षा मन्त्रालयको कार्यभार प्रधानमन्त्री देउवाले सम्हाले

७ पुष काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले रक्षा मन्त्रालयको कार्यभार पनि सम्हालेका छन् ।

राष्ट्रपति विद्या भण्डारीले नेपालको संविधानको धारा ७७ को उपधारा ९२० को खण्ड क बमोजिम रक्षामन्त्री डा.मिनेन्द्र रिजालले पदबाट राजीनामा दिएपछि सो मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री देउवालाई सम्हाल्ने गरी तोकेका हुन् ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधका बीच बुधबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै राष्ट्रपति भण्डारीले रक्षा मन्त्रालयको कार्यभार पनि सम्हाल्ने जिम्मेवारी प्रधानमन्त्री देउवालाई तोक्नुभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment