Comments Add Comment

Advertisment

SKIP THIS

ट्राफिकद्वारा मदिरा सेवन गरी सवारीसाधन चलाउने यात्रुलाई सचेतना कक्षा

९ पुष , काठमाडौ । ट्राफिक प्रहरीले मदिरा सेवन गरी सवारीसाधन चलाउने यात्रुलाई सचेतना कक्षा दिन थालेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले मदिरा सेवन गर्ने सवारी चालकलाई कारबाहीसँगै बिहीबारदेखि सचेतना कक्षा सुरु गरेको हो ।

जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यले मदिरा सेवन गरी सवारीसाधन चलाउने क्रम बढ्न थालेपछि यस्तो अभियान थालिएको बताउनुभयो । उहाँका अनुसार चालू आर्थिक वर्षको हालसम्म मदिरा सेवन गरी सवारीसाधन चलाउने १९२ लाई कारबाही गरिएको छ ।

सचेतनामूलक कक्षा साताको दुई दिन सञ्चालन हुनेछ । “मदिरा सेवन गरी सवारीसाधन चलाएर ट्राफिकको कारबाहीमा परेका व्यक्तिलाई ट्राफिक नियमबारे जानकारी दिने गरिएको छ”, उहाँले भन्नुभयो, “सचेतना कक्षाले चालकलाई सडक सुरक्षामा गम्भीर बनाउन थप मद्दत पुग्ने अपेक्षा लिएका छौँ ।” मदिरा सेवन गरी सवारी चलाउनु कानूनविपरीत भएकाले यससम्बन्धी दण्ड सजायका बारेमा जानकारी दिने गरिएको ट्राफिक प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment