Comments Add Comment

Advertisment

SKIP THIS

बसले ४ पैदलयात्रीलाई ठक्कर दिंदा एक जनाको मृत्यु

११ पुष काठमाडौ । पश्चिम नवलपरासीमा पैदल हिंडिरहेका चार जनालाई बसले ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आज बिहान लु २ ख ४०५५ नम्बरको बसले रामग्राम नगरपालिका १ निलागेटमा पैदल हिंडिरहेका चार जनालाई एकैसाथ ठक्कर दिएको थियो । बसको ठक्करबाट रामग्राम नगरपालिका ३ परासीकी ३५ वर्षीया कमला रेश्मीमगरको परासीस्थित जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका अन्य तीन जनाको जिल्ला अस्पतालमै उपचार भइरहेको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment