११ फागुन , काठमाडौं । उदयपुरमा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । उदयपुरको त्रियुगा नगरपालिका-६ स्थित पोखरीमा डुबेर सोही स्थान कि ५६ वर्षीया नाक्सीमाया परियारको मृत्यु भएको हो ।
मङ्गलवार दिउसो पौने १२ बजे रानीपोखरीमा नुहाउने क्रममा डुबेकी परियारको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भइरहेको छ ।


