Comments Add Comment

Advertisment

SKIP THIS

तारकेश्वर नगरपालिकाको पल्टीङमा छड्के : वडा नं. २ के हेदै ?

१६ पुष , काठमाडौ । तारकेश्वर नगरपालिका वडा नं. २ मा जग्गा पल्टीङ कार्यले तिव्रता पाएको छ ।

वडा नं. २ को बफरजोन क्षेत्र अन्तर्गत शिवपुरी निकुञ्जको पर्खाल नै भत्काएर प्लटीङ कार्य भइरहेको छ । दिनानुदिन सार्वजनिक जग्गा नै क्षति पुर्याउन थालेपछि स्थानीयले वडा कार्यालय र नगरपालिकामा निवेदन दिँदा पनि रोक्न नसकिएको स्थानीय भक्तराम लामिछानेले गुनासो गरेका छन् ।

लामिछानेकाअनुसार वडा र नगरपालिकामा निवेदन गर्दा उहाँहरुले हाम्रो क्षमता र पहुँचभन्दा बाहिरको कुरा भएको जानकारी आउनुले कतै वडा र नगरपालिका नै यस कार्यमा संलग्नता हो कि भन्ने हामीलाई परेको छ ।

निकुन्जको वाल नै भत्काएर सार्वजनिक जग्गाबाट प्लटिङ जाने बाटो बनाएको नेकपा माओवादी केन्द्र तारकेश्वरका प्रचार विभाग प्रमुख रामसुदन फुयाँलले बताएका छन् ।

तारकेश्वर वडा नं. २ मा मात्र अहिले १० भन्दा बढि प्लटीङ भइरहेको जानकारी प्राप्त भएको छ । त्यस्तै वडा नं. १ र ३ मा पनि प्लटीङ भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै