Comments Add Comment

Advertisment

SKIP THIS

युट्युवबाट हट्यो मेलिनाको ‘हे दैव’ गीत

२२ पुष , काठमाडौ । गायिका मेलिना राई र गायक किरण गजमेरको नयाँ गीत ‘हे दैव’ युट्युवबाट हटेको छ ।

गीतलाई चोरीको आरोप लागेपछि बुधबार युट्युवबाट हटाइएको हो । गीतकार भुपेन्द्र खड्काले गीत आफ्नो ‘आधा सपना’ बाट चोरी भएको दाबी गरेपछि गीत युट्युवबाट हटाइएको हो । ‘हे दैव’ गीत रमेश एमके पौडेलको रचना तथा सुवास भुसालको संगीतमा बाहिर आएको थियो ।

चोरी भएको गीत भूपेन्द्रको शब्दमा २०६१ सालमा रेकर्ड भएको गीत २०६२ मा एल्बम ‘आधा सपना’ मार्फत बाहिर आएको थियो । कर्णदासको स्वर रहेको गीतमा ‘भेटिएर छुट्नुभन्दा नभेटिएकै जाती हुन्थ्यो, हामीबीचको सम्बन्ध यो अझै कति माथि हुन्थ्यो’ शब्द छ । ‘हे दैव’ गीत यहि हरफसँग मिल्न गएको हो ।

‘मैले चोरी गर्ने मानिसलाई क्षतिपूर्ति दावी गर्ने कुरा गरेको थिए’ गीतकार खड्काले भने, ‘मैले त्यसो गर्नु अगाडि नै गीत हटाइएको छ ।’ सम्बन्धित पक्षले गल्ती स्वीकार्दै गल्ती नदोहोर्याउने वाचा गरेकाले क्षतिपूर्ति दावीतिर अहिले आफु नलागेको खड्काले सुनाए ।

गीत चोरीको बिषयमा ‘हे दैव’ गीतका रचनाकार रमेश एमके पौडेलसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन । रामजी लामिछानेले निर्देशन गरेको ‘हे दैव’ गीतको भिडियोमा सलोन बस्नेत र रुविना थापाको अभिनय रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै