Comments Add Comment

Advertisment

SKIP THIS

हेर्नुहोस्, आज पुस २४ गते शनिबारको राशिफल

आज २०७८ पुस २४ गते शनिबार 

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ

आज आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । शुभ समाचार सुन्न पाइएला ।  दाम्पत्य जीवन सुखमय रहनेछ । मान प्रतिष्ठामा बृद्धि होला ।

वृष इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

शैक्षिक क्षेत्रबाट सफलता मिल्नेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । घरमा अतिथीको सेवा होला । प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ ।

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा

आफूलाई कमजोर भएको अनुभूति हुनेछ । अरूको वचन टाल्न नसक्दा दुःख पाइनेछ र खर्च पनि हुनेछ ।

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो

नयाँ काम वा रोजगार पाईनेछ । दाम, इनाम र प्रतिष्ठाकमाउने बेलाछ । परिवारमा सुख सन्तोष छाउनेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ।

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे

धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । मिष्ठान्न भोजन प्राप्ति होला ।

कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

कार्यमा सफलता पाईनेछ । नयाँ व्यक्ति संग भेटघाट हुनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा सफलता मिल्नेछ । 

तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते

आज आफन्तसंग भेटघाट राहनेछ । स्वादिष्ट भोजनको अवसर मिल्नेछ । शुभ कार्यको योजना बन्नेछ । 

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु

नयाँ कार्यको थालनी होला । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । 

धनु ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

आज शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । लेनदेनमा सजकता अपनाउनु पर्नेछ । दिनको उत्तरार्धमा अधिक धन खर्च हुनसक्छ ।

मकर भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

श्रमको उचित मुल्याङ्कन हुनेछ । पठनपाठनमा प्रगती हुनेछ । मुद्धा मामिलामा विजयी प्राप्त हुनेछ । 

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, दा

वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । व्यापार व्यसायबाट लाभ मिल्नेछ ।

मीन दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

शुभकार्यको चर्चा चल्नेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

आज शनिबारको राशिफल

Advertisment

छुटाउनुभयो कि? सबै

आज शनिबारको राशिफल