Comments Add Comment

Advertisment

SKIP THIS

फिल्म हल र जिम माघ १५ गतेसम्म बन्द

२ माघ , काठमाडौं । कोरोना संक्रमितको संख्या बढेसँगै सरकारले माघ १५ गतेसम्म फिल्म हल र जिम बन्द गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक स्थलमा भीडभाड कम गर्न मनोरञ्जन क्षेत्रलाई माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् ।

सरकारले यसअघि नै माघ १५ गतेसम्मा विद्यालय बन्द गर्ने निर्णय गरिसकेको छ । त्यसैगरी २५ जनाभन्दा धेरै भेला हुन नपाउने नियम समेत बनाइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै