Comments Add Comment

Advertisment

SKIP THIS

मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु, तीन गम्भीर घाइते


५ माघ , काठमाडौँ । झापाको कचनकवल–४ केचना बजारमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक भारतीय नागरिकको मृत्यु भएको छ । तीन गम्भीर घाइते भएका छन् ।

भारतीय नम्बर प्लेट बिआर३७सी ९००८ र बिआर ३७ इ १९९४ नंको मोटरसाइकल एकापसमा ठोक्किँदा भारतीय नागरिक सञ्जीव सिंहको मृत्यु भएको हो ।

घाइते सिंहको उपचारका क्रममा गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो । सो दुर्घटनामा कचनकवल–४ का ३० वर्षीय प्रदीप गणेश, भारतीय नागरिक हरण गणेश र एमडी ओकिल मियाँ गम्भीर घाइते भएका छन् । मोटरसाइकलका सवार सबैले मादक पदार्थ सेवन गरेको पाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै