Comments Add Comment

Advertisment

SKIP THIS

स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय खोल्न अनुमति


५ माघ , काठमाडौँ । महोत्तरीका स्थानीय सरकारले पूर्ण जिम्मेवारी लिएर सुरक्षित वातावरणमा पठनपाठन गराउन सके विद्यालय बन्द गर्न जरुरी नभएको निष्कर्ष निकालेका छन् । जिल्लाका सिमाना नजिकका पालिकाहरू सम्सी, जलेश्वर, मट्टीहानीजस्ता पालिकाहरूमा जोखिमका हिसाबले संवेदनशील भए पनि अन्य पालिकामा त्यति धेरै जोखिम नभएको स्थानीय सरकारहरूको दाबी छ ।

स्वास्थ्य मन्त्रालयवाट १५ माघसम्म पठनपाठन बन्द गर्नै पर्ने निर्देशन जारी भए पनि जिल्लाका कतिपय पालिकाहरूले त्यसलाई टेरेका छैनन् । गौशला नगरपालिकाले त कुनै पनि सिक्षण संस्था बन्द नगरी पठनपाठनलाई जारी राख्न निर्देशन दिइसकेको छ । ‘भने जति पाठयक्रम पनि नसकिएको र पटक–पटक बन्दले बालबालिकाको भविष्यमा नै प्रश्न चिन्ह खडा भइरहेकाले विद्यालय पठनपाठन सुचारु राख्ने निर्णय गरेका हौँ,’ नगरपालिकाका नगरप्रमुख सिवनाथ महतोले भने ।

यता बर्दिबास नगरपालिकाले पनि कोरोना संक्रमण जोखिमलाई मध्यनजर गर्दै जनस्वास्थ्यको मापदण्ड पालना गरेर पठनपाठन सुचारु गर्न सक्ने निजी तथा सामुदायिक विध्यालयलाइ सल्लाह दिएको छ । ‘कतिपय ठाउँमा अझै विद्यालय सञ्चालन भइरहेको जानकारी आएको छ । तर, हामीले किन खोलिरहनुभएको भनेर सोधेका छैनौँ । उहाँहरूले जोखिमलाई ध्यानमा राखी सोहीअनुसार पठनपाठन गराउन सक्नुहुन्छ,’ नगरप्रमुख बिदुर कार्कीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

दिल्लीमा विद्यालय खोल्न अनुमति

Advertisment

छुटाउनुभयो कि? सबै

दिल्लीमा विद्यालय खोल्न अनुमति