Comments Add Comment

Advertisment

SKIP THIS

अग्रपंक्तिका कर्मचारीको सातामा दुई पटक एन्टिजेन परीक्षण गर्नुपर्ने


७ माघ , काठमाडौँ । काठमाडौं उपत्यकामा सबै क्षेत्रका व्यवसायीले अग्रपंक्तिको काउन्टरमा रहेर नियमित सेवा दिने कर्मचारीको साताको दुई पटक अनिवार्य एन्टिजेन परीक्षण गर्नुपर्ने भएको छ ।

काठमाडौँ, ललितपुर र भक्तपुरका जिल्ला प्रशासन कार्यालयले बिहीबार जारी गरेको शुक्रबारदेखि अर्को आदेश जारी नभएसम्म लागू हुने आदेशमा भनिएको छ, ‘सबै प्रकारका व्यवसायीहरूको अग्रपंक्तिको काउन्टरमा रही काम गर्ने र ग्राहकहरूलाई नियमति सेवा दिने कर्मचारीको सम्बन्धित निकाय वा संस्थाले हप्ताको दुई दिन एन्टिजेन परीक्षण गराई रिपोर्ट नेगेटिभ आएका व्यक्तिलाई काममा खटाउनु पर्नेछ ।’

योसँगै अब बैंक तथा वित्तीय संस्थाको काउन्टरमा बस्ने कर्मचारीले हरेक साता दुई पटक एन्टिजेन परीक्षण गर्नुपर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै