पाल्पामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ -
Comments Add Comment

पाल्पामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

पाल्पा । पाल्पामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । रम्भा गाउँपालिका-२ बस्ने ४८ वर्षीय अम्बर बहादुर सारूलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

सारूले ती बालिकालाई गत कात्तिक १३ गते पीडितकै घरमा जबरजस्ती करणी गरेको र सोही कारण बालिकाको पेटमा गर्भ रहन गएको भन्ने उजुरीको आधारमा प्रहरी चौकी हुँगीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै