Comments Add Comment

Advertisment

SKIP THIS

प्रहरी नायब उपरीक्षक दिनेश घिमिरेकाे ”बिग्रीएको दिन”

कौवाहरू विहानैबाट कोलाहल गरिरहेछन्
के को बिबाद हो कुन्नि आपसमा लडिरहेछन्।।
आफैमा अस्तिवको हो वा श्रेष्ठताको लडाइँ
बिछिप्त कौवाहरू आवाज ओकलिरहेछन्
कोकोहोलो द्दन्द्द आफैमा दिन बिगार्ने गरि।।।

काला र खैरा कौवाहरू विभक्त देखिन्छन
आफै बिचमा बिभाजन भएकि झैं जस्तो।।
एक समुह बासको झाङलाई आफ्नो मान्छन
अर्को समुहमा हुने हाम्रो हो भन्दै दाबि गर्छन्
आफु आफैमा लुछाँचुडि टोकाटोक गर्छन।।
बेस्कन आबाज ओकलिरहेछन् आफै बिच
कोकोहोलो द्दन्द्द आफैमा दिन बिगार्ने गरि।।।

अकस्मात् झाङमा केहि झरेको आवाजले
सबै कौवाहरू आकासको शुन्यतामा उडछन् ।।
हार गुहार गर्छन् बंशमा आक्रमण भयो
सबै लाग बंश बचाउन कौवाहरू कराउछन
हठात कौवाहरूको एक बंशको अन्त हुन्छ ।।
सबै कौवाहरू बंशगत धारणाहरु राख्छन
बिधिगत काम गर्छन् कराउछन् चिच्याँउछन्
आबाज ओकलिरहेछन् दिन बिगार्ने गरि।।।

पुनः बासको झाङमा स्वामित्वको लडाइँमा
कौवाहरू बंशगत धारणाहरुमा कराउछन् ।।
यो मेरो हुनुपर्छ यो हाम्रो हुनुपर्छ द्दन्द्द छ
आफु आफ्नैहरू संग कहिल्यै नसकिने
क्रमागत सोचहरूमा कहिले खुशी दुखित।।
सोचहरूमा कौवाहरू आफैमा खिइरहेछन्
आवाज ओकलिरहेछन् दिन बिगार्ने गरि।।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment