Comments Add Comment

Advertisment

SKIP THIS

चावहिल र मित्रपार्कमा आकाशे पुलको शिलान्यास

९ माघ , काठमाडौँ । यहाँको चावहिल चोक र मित्रपार्कमा आकाशे पुल बन्ने भएको छ । काठमाडौं महानगरपालिकाको भ्याटबाहेक रु एक करोड ३० लाख ४२ हजार ५७८ लागतमा बन्न लागेको उक्त पुलको आज महानगर प्रमुख विद्यासुन्दर शाक्यले शिलान्यास गरे ।

कार्यक्रममा महानगरपालिका प्रमुख शाक्यले आकाशे पुल निर्माणसँगै चावहिल र मित्रपार्क क्षेत्रमा हुने ट्राफिक जाममा कमी आउने बताए । ‘स्थानीय बासिन्दाको मागअनुसार नै पुल शिलान्यास गरेका हौँ, स्थानीयको साथ र सहयोग रहेमा तोकिएको समयभन्दा अगावै पुल निर्माण गरिसक्छौँ’, उनले भने ।

चावहिल चोकको दक्षिणतर्फ बनाइएको पुलले ट्राफिक जाममा सहज बनाएकाले उत्तरतर्फको भागमा पनि पुल निर्माण गर्न लागिएको छ । यस्तै महानगरपालिकाकै लगानीमा जयवागेश्वरी क्षेत्रमा समेत पुल निर्माण भइरहेको छ । चावहिल र गौशाला क्षेत्रमा चार पुल बनाइए पनि सडक दुर्घटना र ट्राफिक जाममा कमी आउने नगरप्रमुख शाक्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment