Comments Add Comment

Advertisment

SKIP THIS

जोगवनीदेखि धरानसम्म सिसी क्यामेरा जडान गर्दै प्रदेश १ सरकार

९ माघ , काठमाडौँ । प्रदेश १ सरकारले कोसी पुलदेखि मेची पुलसम्म र विराटनगर जोगवनीदेखि धरानसम्म सिसी क्यामेरा जडान गर्ने भएको छ ।प्रदेशको शान्ति सुरक्षालाई ख्याल गर्दै सो स्थानका मुख्य राजमार्ग क्षेत्रमा सिसी क्यामेरा जडान गर्न लागिएको प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले जानकारी दिए ।

रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र धनकुटाले उत्पादन गरेको कार्यक्रम प्रदेश डायरीमा कुरा गर्दै मन्त्री कार्कीले शान्ति सुरक्षामा प्रविधिबाट निगरानी गरिने बताए । उनका अनुसार सिसी क्यामेरा जडान गर्नका लागि बजेट विनियोजन गरिएको छ ।

शान्ति सुरक्षाको दृष्टिकोणमा सरकार नागरिकसँगै छ भन्ने बनाउनका लागि सरकारले वैज्ञानिक ढङ्गले काम गरिरहेको उनले बताए । उनले भने, ‘हामीले वैज्ञानिक ढङ्गले काम गरिरहेका छौँ । प्रदेशको राजधानीलाई पनि हामीले प्रविधिमैत्री निगरानीमा राख्ने गरी काम गरिरहेका छौँ ।’

प्रदेश सरकारले १४ वटै जिल्लामा गरिब, असक्त, महिला आदिलाई लक्षित गरेर निःशुल्क कानूनी सहायता केन्द्र स्थापना गरिने उनको भनाई छ । सरकारले आन्तरिक मामिला तथा कानून मन्त्रालय हो भनेर देखिने गरी काम गर्ने उनले बताए । उनका अनुसार केही महिना भित्रै प्रदेशका अदालत तथा बारहरूमा प्रदेश सरकारका ऐन कानून भेट्न सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै