
१५ माघ , काठमाडौँ । कपिलवस्तु जिल्लाका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डे र जिल्ला प्रहरी कार्यालय कपिलवस्तु प्रमुख प्रहरी उपरिक्षक दान बहादुर कार्कीले एक कार्यक्रमका बीच कपिलवस्तु जिल्लामा उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीहरुलाई नगद पुरस्कार तथा प्रशंशापत्र द्वारा सम्मान गरेका छन् ।

मिति २०७१।११।३० गते भारत जिल्ला सिद्धार्थनगर तहशिल नौगढ धन्सा ग्राम बस्ने बर्ष २३ को मुलायम चमारले आफ्नो श्रीमती किसलावती चमारलाई आगो लगाई घटना पश्चात भागी फरार रहेको मुलायम चमार भन्ने सिकन्दर चमारलाई खोजतलास गर्न कपिलवस्तु प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीको कमाण्डमा खटिएको प्रहरी टोलीले अनवरत खटिई मिति २०७८।०९।२७ गते अन्दाजी २२:३० बजेको समयमा जिल्ला कपिलबस्तु यशोधरा गाउँ पालिका वडा . न .६ रंगपुर स्थित नेपाल भारत दशगजा क्षेत्रबाट पक्राउ गर्न सफल भएकोले डिएसपी धर्मराज भण्डारीलाई २०७८ साल पौष महिनाको उकृष्ट प्रहरी ( Police of the month ) को प्रसंशा पत्र तथा नगद रु. १५००।– (पन्ध्र सय) द्वारा पुरस्कृत भएका थिए ।

साथै कपिलबस्तु बाणगंगा नगरपालिका वडा नं. १ दरखास्त स्थित पूर्व_पश्चिम राजर्मागमा पूर्वबाट पश्चिमतर्फ जादै गरेको को कारलाई बिपरित दिशाबाट आउदै गरेको नं. नखुलेको ट्रकले ठक्कर दिई उक्त कार पश्चिमबाट पुर्ब तर्फ जादै गरेको बसमा ठक्कर खान जाँदा कारमा सबार ३ जना र बसमा सबार १ जना गरी ४ जना घाईते भएकोमा उपचारको क्रममा १ जना पुरुषको मृत्यु भएको सवारी दुर्घटनामा ठक्कर दिई फरार रहेको ट्रकको पहिचान तथा खोज तलास गर्ने क्रममा उक्त दुर्घटनामा संलग्न ना ४ ख ८१६३ नं. को ट्रकको पहिचान गरी चितवनबाट नियन्त्रणमा लिन सफल भएकोले जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका कार्यालय प्रमुख प्रहरी निरीक्षक दिलीप क्षेत्रीलाई नगद रु. १०००।– (एक हजार)द्वारा पुरस्कृत भएका थिए ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको अपराध अनुसन्धान शाखामा रही ऋच्क् इन्ट्री, अभिलेख व्यवस्थापन लगायत बिभिन्न किसिमका घट्ना स्थालमा खटि आफुलाई दिईएको जिम्मेवारी अनुसार लगनशिल तथा उच्च अनुशासनमा रहेर अनुसन्धानको क्षेत्रमा बिभागीय नीति निर्देशन अनुसार उत्कृष्ट कार्य गरेकोले प्रहरी जवानल अनोज कार्कीलाई नगद रु.७००।– ( सात सय ) द्वारा पुरस्कृत भए ।





