Comments Add Comment

Advertisment

SKIP THIS

घर -घरमा बिरामी तर परीक्षण नै गर्दैनन

१७ माघ , काठमाडौं । १५ दिनअघि राजविराज नगरपालिका–२ का ४५ वर्षीय सन्तोष यादवलाई उच्च ज्वरो आयो । रुघाखोकी केही थिएन तर थाम्नै नसक्ने गरी जाडो हुन्थ्यो । कोरोनाको तेस्रो लहर फैलिनु र उनलाई ज्वरो आउनु एकै पटक भयो । उच्च ज्वरो आए पनि उनले अस्पताल गएर परीक्षण गरेनन् ।

बरु घर नजिकैको औषधि पसलबाट ज्वरो कम गर्ने र दुखाई रोक्ने औषधि किनेर खाए । उनका अनुसार कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका अधिकांश लक्षण देखिएको थियो । उनले भने, ‘खाना खान त मनै लाग्दैन्थ्यो । जवरजस्ती अलिअलि खाएर औषधि नियमित खान्थेँ, बाफ लिन्थेँ । तातो पानी खान्थे ।’ उनले पीसीआर टेस्ट पनि गराएनन् ।

राजविराज नगरपालिका–६ कै ४७ वर्षीय नरेश चौधरीलाई पनि २० दिनअघि उच्च ज्वरो आयो । घर नजिकैको फार्मेसीमा गएर उनले पनि समस्या सुनाएर र फार्मेसी सन्चालकले दिएको औषधि खाएरै ठिक भएँ । उनले सुनाए, ‘अस्पताल जानेतर्फ ध्यान नै गएन । तर, एक हप्ता थला परे ।’ एक हप्तापछि ज्वरो त निको भयो तर १५ दिनसम्म मुख मिठो नभएको र कमजोरीले सताएको उनको अनुभव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै