Comments Add Comment

Advertisment

SKIP THIS

तनहुँमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

१८ माघ , काठमाडौं । तनहुँको व्यास नगरपालिका देउरालीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटर साईकलमा सवार व्यास नगरपालिका–५ का अनिल बाचे मगर र विकास विक रहेका छन् ।

उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । मृतकको शव पोस्टमार्टमका लागि दमौली अस्पतालमा राखिएको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment

छुटाउनुभयो कि? सबै

दाङमा चट्याङ लागेर दुई जनाको मृत्यु

पोखरीमा डुबेर दुई जनाको मृत्यु

बाढी र पहिरोका कारण दुई जनाको मृत्यु