Comments Add Comment

Advertisment

SKIP THIS

मकवानपुर प्रहरीले ११० किलो लागुऔषध गाँजा सहित १ जना पक्राउ

१८ माघ , काठमाडौं । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एसपी सुरेन्द्र गुरुङका अनुसार ईलाका प्रहरी कार्यालय मनहरीका प्रमुख प्रकाश थापाको कमान्डमा खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा जिल्ला मकवानपुर राक्सिराङ गाउँ पालिका वडा नं. ५ स्थित कच्ची सडकखण्डमा मानिसहरु शंकास्पद रुपमा पिढ्युँमा भारी बोकी आईरहेको अवस्थामा जिल्ला मकवानपुर राक्सिराङ गाउँ पालिका वडा नं. ५ बस्ने वर्ष ३६ को राम कुमार प्रजालाई प्रहरीले नियन्त्रणमा लिई उनिहरुले ल्याएको भारी चेकजाँच गर्दा लागुऔषध गाँजा ११० किलो फेला परेकोले उनलाई उक्त लागुऔषध गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धान जिल्ला प्रहरी कार्यालय भईरहेको र उक्त गाँजा ओसरपसारमा संलग्न रहेका अन्य व्यक्तिहरुको खोजतलासका लागि प्रहरी टोलि खटाइएको मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्र गुरुङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै