Comments Add Comment

Advertisment

SKIP THIS

चार रुटमा ललितपुर महानगरले सिसिटिभी क्यामेरा जडान

१९ माघ , काठमाडौं । ललितपुर महानगरपाकिालले स्मार्ट सडक बत्ती जडान भएका चारवटा रुटमा सिसिटिभी क्यामेरा जडान गर्ने भएको छ ।

महानगरले बाग्मती पुलबाट जावलाखेल–लगनखेल हुँदै सातदोबाटोसम्म, हिमालय होटल, पाटन ढोका, अशोक हल, क्वाल्खु हुँदै मंगलबजार–लगनखेलसम्म, पुल्चोकबाट मंगलबजार हुँदै ग्वार्कोसम्म ६६९ वटा स्मार्ट सडक बत्ती जडान गरिसकेको मेयर चिरीबाबु महर्जनले जानकारी दिए ।

उनका अनुसार दोस्रो चरणअन्तर्गत चक्रपथ बाहिरका खोकना, बङमती, हरिसिद्धी, सुनाकोठी, धापाखेलमा स्मार्ट सडक बत्ती जडानको काम सुरु हुँदै छ । ललितपुर महानगरभित्र पर्ने चक्रपथमा पनि स्मार्ट सडक बत्ती जडानको तयारी भइरहेको उनले जानकारी दिए ।

महानगरले स्मार्ट सडक बत्ती र सिसिटिभी क्यामेरा जडानलाईसँगसँगै अघि बढाउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै