Comments Add Comment

Advertisment

SKIP THIS

अशिमको शव नेपाल ल्याउने तयारी

१९ माघ ,काठमाडौं । सिड्नीको लेपिङ्गटनमा मोटरसाइकल दुर्घटनामा परी २४ वर्षे नेपाली युवक अशिम थपलियाको निधन भएको छ । उनी बस्दै आएको घरबाट डेढ सय मिटर पर सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अष्ट्रेलिया डेको दिन जनवरी २६ को राति दुर्घटना भएको छ ।

काठमाडौं चाबहिल घर भएका अशिम सन् २०१६ मा आइटी पढ्न अष्ट्रेलिया आएका थिए । उनी टीआर भिषामा यहाँ आएका हुन् । नेपालमा रहेका बाबुआमाले अशिमको अन्तिम संस्कार गर्ने इच्छा देखाएपछि उनको शवलाई नेपाल पठाउने तयारी भइरहेको छ ।

अशिमका नातेदार उमेश मानन्धरका अनुसार शव पठाउनका लागि अशिमका छिमेकी राजेश तिमिल्सिनाले गो फण्ड मिमार्फत सहयोग संकलन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै