१७ साउन , काठमाडौं । भारतको दक्षिणी राज्य केरलामा मङ्कीपक्स भाइरसबाट एक जनाको मृत्यु भएको छ ।
शनिवार मृत्यु भएका ती युवकलाई मङ्कीपक्स सङक्रमण पुष्टि भएको हो । संयुक्त अरब इमिरेट्स (यूएई) बाट केरला आएका २२ वर्षीय युवकको शनिवार ज्यान गएको र नमुना परीक्षणमा मङ्कीपक्स भाइरस भेटिएको केरलाका स्वास्थ्यमन्त्री वीणा जर्जले पुष्टि गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
मङ्कीपक्स पुष्टि भएका मृतक युवकको सम्पर्कमा आएका २० जनालाई निगरानीमा राखिएको छ । विश्वका विभिन्न देशमा मङ्कीपक्स भाइरस फैलिएपछि विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले यसअघि नै स्वास्थ्य सङ्कटका रूपमा घोषणा गरिसकेको छ ।


