Comments Add Comment

Advertisment

SKIP THIS

अझै सञ्चालनमा आएन अटो भिलेज

२० माघ ,काठमाडौं । भैरहवामा सिद्धार्थ अटो भिलेज सञ्चालनका लागि लागि सम्झौता भएको आठ वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन । सिद्धार्थनगर नगरपालिकाले नगरलाई सफा, सुन्दर र पर्यटकीय नगर बनाउने अवधारणा अन्तर्गत वडा नम्बर ९ गोनहियामा अटो भिलेज सञ्चालनका लागि २०७० सालमै श्रमिकहरूसँग सम्झौता गरे पनि अझैसम्म कार्यान्वयन गर्न नसकेको हो ।

आठ वर्ष बितिसक्दा समेत अटो भिलेज सञ्चालनमा ल्याउन नगरपालिकाले कुनै चासो नदेखाएको सरोकारवालाहरु बताउँछन् । करिब साढे ३०० श्रमिकमध्ये अधिकांशले बैंकबाट ऋण लिएर गोनहियामा करिब १४ करोड रुपैयाँमा एकै स्थानबाट ग्यारेज सञ्चालनका लागि १० बिघा जग्गा खरिद गरेका थिए ।

नेपाल अटो भिलेजका सचिव दिलबहादुर कुँवरले अटो भिलेजमा बल्ल १५/१६ जना व्यवसायीहरू मात्र आएको बताए । ‘अझैसम्म सम्झौता पूर्ण कार्यान्वयन नहुँदा धेरै व्यवसायीहरू आउन मानिरहेका छैनन्,’ उनले भने ।

सिद्धार्थ अटो भिलेजका व्यवसायी राजेश धवलले आफूहरुलाई जग्गा खरीद गर्न लगाएर नगरपालिकाले अहिले अलपत्र पारेको बताए । उनले आफूले बैंकबाट ऋण लिएर जग्गा खरीद गरी व्यवसाय सञ्चालन गरेको, तर अहिले नगरपालिकाले अलपत्र पारेको बताए ।

यसमा विद्युत् नभएको बहानामा सञ्चालनमा आउन नसकेको अटो भिलेज अहिले १०० केभीए क्षमताको ट्रान्सफर्मर जडान, सडक ग्राभेल, टेलिफोन एवं इन्टरनेट लगायतको सुविधा हुँदा समेत सञ्चालनमा आउन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै