Comments Add Comment

Advertisment

SKIP THIS

बालाजु प्रहरीद्धारा मनमैजुमा ७ हजार लिटर घरेलु मदिरा नष्ट

२२ माघ , काठमाडौ । महानगरीय प्रहरी कार्यालय बालाजुले तारकेश्वरको मनमैजुमा संचालित अवैध घरेलु मदिरा नष्ट गरेको छ । स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मीको रोहबरमा शुक्रबार प्रहरीले मदिरा नष्ट गरेको हो ।

बालाजु प्रहरीका अनुसार प्रहरी प्रमुख गौतम मिश्रको कमाण्डमा खटिएको प्रहरी टोलीले तारकेश्वर वडा नं ९ मनमैजु स्थित एकान्त भिरालो पाखो नजिक अन्दाजी दुई रोपनी जमिनमा जस्ताको टहराहरु निर्माण गरी मानब स्वास्थ्यलाई अत्यन्तै प्रतिकूल असर पार्ने विभिन्न किसिमका अखाद्य पदार्थहरु प्रयोग गरी अबैध रुपमा ७ हजार लिटर घरेलु मदिरा नष्ट गरिएको हो ।

घरेलु मदिरामा पलाष्टीक, मोजालगाएत अन्य फोहोरजन्य अखाद्य सामाग्रीहरु प्रयोग भएको पाइएको छ । उक्त जग्गामा जस्ता तथा बाँसद्धारा निर्मित सातवटा छाप्रोमा खानतलासी गर्दा उक्त छाप्रोहरुमा रहेका सात वटा भट्टिहरुमा रहेको निम्न अनुसारको तयारी घरेलु मदिरा तथा उक्त मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ बरामद गरी गरी नष्ट समेत गरिएको बालाजु प्रहरीले बताएको छ ।

घरेलु मदिराको अबैध कारोबारलाई रोकथाम गर्न विशेष अभियान संचालन गरिएको प्रहरी निरीक्षक गौतम मिश्रले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै