

२७ जेठ, काठमाडौ । काठमाडौ महानगरीय प्रहरी प्रमुख एसएसपी अशोक सिंह, महानगरीय ट्राफिक प्रहरी प्रमुख एसएसपी जनक भट्टराई र महानगरीय प्रहरी वृत्त जगति भक्तपुरका डिएसपी राजेश थापा सहितको टोलीले काठमाडौं प्रवेश गर्ने मुख्य नाकामा कडाई साथ सडकमा उत्रिएका छन् ।


सवारीसाधन चेकजाँचमा कार्यालय प्रमुख देखि उपल्लो तहका प्रहरी अधिकृतहरु पनि सडकमा खटेका भेटिन्छन् । सडकमा खटेका प्रहरीको मनोवल बढाउन र चेकजाँचको अनुगमन गर्न प्रहरीका माथिल्लो तहका अधिकारीहरु सडकमा देखिन थालेपछि निषेधाज्ञा थप कडाइ हुदै गएको छ ।


सोही क्रममा आज काठमाडौं प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुली,भक्तपुर प्रमुख जिल्ला अधिकार प्रेम प्रसाद भट्टराई ,महानगरीय प्रहरी प्रमुख एसएसपी अशोक सिंह, महानगरीय ट्राफिक प्रहरी प्रमुख एसएसपी जनक भट्टराई र महानगरीय प्रहरी वृत्त जगति भक्तपुरका डिएसपी राजेश थापा सहितको टोलीले काठमाडौं प्रवेश गर्ने मुख्य नाका भक्तपुर र काभ्रेपलान्चोकको सिमानामा सांगा चोकमा पुगेर आज अनुगमन गरेका छन् ।


‘कोरोना महामारीको सक्रंमणलाई नियन्त्रमा ल्याउन स्वास्थ्यका मापदण्ड र अनुशासन अझै कडा रुपमा पालन गर्नुपर्ने अवस्था आएको हुँदा हामीले निषेधाज्ञालाई कडाई गर्ने निर्णय गरेका छौं’ प्रमुख जिल्ला अधिकारी पराजुलीले भने,‘निषेधाज्ञा कडाई आइसोलेसन’हरुको अवस्थाबारे बुझ्न अनुगमन गरेको बताए ।

महानगरीय प्रहरी परिसर टेकु र महानगरीय ट्राफिक महाशाखाको प्रमुखको समन्वयमा अत्यावश्यक सेवाका सवारी साधन बाहेक अन्य सवारी साधनलाई चल्न दिइएको छैन।
कोरोना संक्रमण फैलिन सक्ने त्रासकै बीच नागरिकलाई काम नभएको समयमा घर बाहिर ननिस्कन आग्रह गर्दै प्रहरी दिनरात सडकमा खटिएको छ।

आफ्नो ज्यान जोखिममा हालेर नागरिकको लागी २४ घण्टा सडकमा खटिने प्रहरीका पनि बेग्लै पीडा छन्। काठमाडौं , ललितपुर र भक्तपुरमा निषधाज्ञा जारी भएको महिना बढी भयो ।
तुलानात्मक रुपमा सुरुका दिनभन्दा अहिले कोरोना संक्रमणको दर विस्तारै घटिरहेको छ। कारण हो– प्रहरीले जथाभाबी जताततै उपत्यकाबासीलाई निस्कन दिएन र अनावश्यक रुपमा भीडभाड हुनै पाएन।
कोरोना नियन्त्रणको निम्ति प्रहरी सक्रिय रुपमा लागेको एसएसपी अशोक सिंहले बताएका छन्। ‘यो महामारी नियन्त्रण गर्न हामीले कडाइ गरेर मात्र हुँदैन, सर्वसाधारण पनि आफ्नो ठाउँबाट सचेत रहनुपर्छ।’, उनले सबैलाई सुझाए



